नियम
समूहीकृत गर्ने

यी नियमहरु प्रारम्भ हुँदाको बखत देहायको कार्यालयमा कार्यरत नेपाल न्याय सेवाका कर्मचारीहरुमध्ये विशिष्ट श्रेणीका कर्मचारीहरु बाहेक अन्य श्रेणीका कर्मचारीहरु देहायको समूहहरुमा स्वतः समूहीकृत भएका मानिनेछन्:–
(क) सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, न्याय परिषद् सचिवालय, राजश्व न्यायाधीकरण र प्रशासकीय अदालतमा कार्यरत कर्मचारीहरु न्याय समूहमा ।
(ख) कानून तथा न्याय मन्त्रालय, न्याय सेवा तालीम केन्द्र, नेपाल कानून आयोग, मन्त्रिपरिषद् सचिवालय, विभिन्न मन्त्रालय र सो अन्तर्गतका विभाग तथा कार्यालय, जल तथा शक्ति आयोग, राष्ट्रिय योजना आयोगको सचिवालय, संसद सचिवालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लोक सेवा आयोगमा कार्यरत कर्मचारीहरु (सरकारी वकील बाहेक) कानून समूहमा ।
(ग) महान्यायाधिवक्ताको कार्यालय, पुनरावेदन सरकारी वकील कार्यालय तथा जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत कर्मचारीहरु र विभिन्न सरकारी निकायहरुमा कार्यरत सरकारी वकीलहरु सरकारी वकील समूहमा ।